Rule 16
छुट, सुविधा वा सहुलियत
(१) उद्योगले आफ्नो व्यवसायसँग सम्बन्धित बजार प्रवर्दन, सर्वेक्षण र विज्ञापन तथा उद्योगको भौतिक सम्पत्तिको सुरक्षाको लागि भएको खर्च आयकर सम्बन्धी प्रचलित कानूनको अधीनमा रही क्ट्री गर्न सक्नेछ।

(२) बण्डेड वेयर हाउसको इजाजत नलिएको उद्योगले आफ्ना उत्पादन प्रतीतपत्रको माध्यमद्वारा वा प्रचलित बैङ्डिङ्ग प्रणालीको माध्यमबाट निर्यात गर्ने वा परिवर्त्य विदेशी मुद्रामा स्वदेशमै बिक्री गर्ने भएमा त्यस्तो मालवस्तु उत्पादन गर्न आवश्यक पर्ने कच्चा पदार्थ वा सहायक कच्चापदार्थ र नेपालमा उत्पादन नहुने प्याकेजिङ्ग सामग्रीसमेत .आयात गर्दा लाग्ने भन्सार महसुल भन्सार सम्बन्धी प्रचलित कानूनमा निर्धारित शर्त वा कार्यविधिको अधीनमा रही धरौटी राखी आयात गर्न पाउनेछ।